८ मंसिर, २०८१ शनिबार

06:24:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एचआइडीसीएलको संस्थापक सेयर बिक्रि हुँदै, कस्ले–कस्ले दिन पाउन्छन् आवेद ?

Nepal Business

२७ जेठ, २०७९

सेयर खरिदका लागि हर कोही व्यक्ति, संस्था वा कम्पनीले असार ३ गतेबाट १९ गतेसम्म आवेदन दिन सक्ने

एचआइडीसीएलको संस्थापक सेयर बिक्रि हुँदै, कस्ले–कस्ले दिन पाउन्छन् आवेद ?

काठमाण्डौं । हाइड्रो इलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले संस्थापक सेयर बिक्रि गर्न लागेको छ । कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बिक्रि गर्न लागेको हो । 

उक्त सेयर खरिदका लागि हर कोही व्यक्ति, संस्था वा कम्पनीले असार ३ गतेबाट १९  गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम जतिमा कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्  

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यनपिटलका अनुसार दशमलवमा आउने गरी आववेदन दिन पाइदैन । यस्तै ५ लाख रुपैयाँ सम्म स्वेच्छि रुपमा र पाँचलाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्बर आवेदनमा उल्लेख गर्नु पर्नेछ। 

बोलपत्रआवेदन फारम ग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल काठमाडौं र ग्लोबल आईएमई बैंकका शाखाकार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।  यस अघि कम्पनीले उत्तः सेयर साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो ।तर बिक्रि नभएपछि पुनः बिक्रि गर्न लागेको हो ।