१२ मंसिर, २०८१ बुधबार

06:21:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ जेठ, २०७९

कम्पनीले जेठ १३ गतेदेखि कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने आज (जेठ २७ गते, शुक्रबार) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १३ गतेदेखि कुमारी बैंकको नाममा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो  ।

उक्त सेयरको न्यूनतम मूल्य २ सय रूपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु वा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले आवश्यक कागजपत्र सहित कुमारी क्यापिटलको केन्द्रिय कार्यालय, नागपोखरी, नक्साल, काठमाडौँमा निवेदन दिन सक्नेछन् ।