८ मंसिर, २०८१ शनिबार

05:49:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा २ जनाको नाम सिफारिस

२७ जेठ, २०७९

अधिकारी र आचार्य बढुवामाथीको दावि विरोधका लागि ३५ दिनको समय दिइएको छ यदि उक्त अवधिमा कुनै दावि बिरोध नपरेमा उहाँहरु कार्यकारी निर्देशकका रुपमा बढुवा हुनुहुनेछ ।

नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको पदमा २ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस गरेको छ । जेठ २६ गते बिहीबार बसेको पदपूर्ति समितिको बैठकले कार्यकारी निर्देशकको पदमा बढुवाको लागि २ जनाको नाम सिफारिस गरेको हो ।

पदपूर्ति समितिले कर्मचारीहरुको कार्यक्षमता मूल्यांकनका आधारमा डा. नवराज अधिकारी र विनयदेव आचार्यलाई कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) पदमा बढुवाको लागि सिफारिस गरेको हो । आचार्य हाल बोर्डको कार्यवाहक कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ भने अधिकारी उपकार्यकारी निर्देशक हुनुहुन्छ ।

 अधिकारी र आचार्य बढुवामाथीको दावि विरोधका लागि ३५ दिनको समय दिइएको छ यदि उक्त अवधिमा कुनै दावि बिरोध नपरेमा उहाँहरु कार्यकारी निर्देशकका रुपमा बढुवा हुनुहुनेछ ।