१ जेठ, २०८१ मंगलबार

10:03:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

Nepal Business

२६ जेठ, २०७९

उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौँ,
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा विहिबार आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा विहिबार आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो ।

उहाँले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित  स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।

प्रहरीले चालु आव २०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ४३ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाएको छ ।