४ जेठ, २०८१ शुक्रबार

10:29:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रोत नखुलेको पाँच लाखसहित पक्राउ

Nepal Business

२० पुस, २०७८

श्रोत नखुलेको पाँच लाखसहित पक्राउ

२० पुस, मोरङ्ग । मोरङ्गको विराटनगरबाट सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार १ सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० बर्षिय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ ।

बिआर ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उक्त रुपैयाँकोे श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व
अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।