८ मंसिर, २०८१ शनिबार
06:02:06 AM
२६ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रुपैयाँको कारोबार
काठमाण्डौं । बुधबार ६०.२२ अंकले बढेको सेयर बजार बिहीबार घटेर १७.५८ अंकमा झरेको छ ।
बढेको सेयर बजार हेर्दा लगानीकर्ताहरुले सेयर बजार लयमा फर्कन्ट की भन्ने सोचेका थिए। तर लगानीकर्ताहरुले सोचेको जस्तो बजारमा भने देखिएन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ०.८५ प्रतिशतले घटेर नेप्सेपरिसूचक २ हजार ६२.८६ विन्दुमा झेरको छ ।
सेयर बजार घट्दा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रुपैयाँको कारोबार भएको छ भने ४१ लख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएका छन् ।