८ मंसिर, २०८१ शनिबार

05:55:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार कुमारी बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२६ जेठ, २०७९

१ अर्बमाथिको कारोबार हुँदा बिहीबार कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।

बिहीबार कुमारी बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयरबजार फेरी घट्न थालेको छ । हिजो बुधबार ६०.६२ अंकले बढेको  सेयरबजार बिहीबार १७.५८ अंकले घटेको छ । बिहीबार २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँको कारोबार भएको छ । १ अर्बमाथिको कारोबार हुँदा बिहीबार कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । बैंकको बिहीबार ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बिहीबार हिमालयन डिस्टिलरीको ४ करोड ३२ लाख, अरुण काबेली पावरको ३ करोड ९८ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ९८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।