१२ मंसिर, २०८१ बुधबार

06:22:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन

Nepal Business

२६ जेठ, २०७९

कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन

काठमाण्डौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ । कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयले तीन सदस्यीय अध्ययन समिति गठन गरेको जानकरी दिएको हो । 

समितिमा अर्थमन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख रमेशकुमार केसीको संयोजकत्वमा राजस्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखाका प्रमुख चक्रबहादुर बुढा रहनुभएको छ । 

अध्ययन समितिले कोरोना बीमा दाबी भुक्तानीको कार्य प्रगति, स्रोत व्यवस्थापन लगायत विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।