७ मंसिर, २०८१ शुक्रबार
03:01:52 PM
२६ जेठ, २०७९
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असार २ गते बुकक्लोज गर्ने भएको छ ।
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा नियमावलीको नियम २३ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने, कम्पनीको नियमावलीमा भएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जन गर्न कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरूप गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असार २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।