८ मंसिर, २०८१ शनिबार

05:59:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १६.०९७ गुणा बढी पर्यो आवेदन, १० कित्ता आइपीओ पाउन भाग्यमै भरपर्नु पर्ने

२६ जेठ, २०७९

सीडीएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १८ लाख ४८ हजार ७०१ जना आवेदकबाट २ करोड १९ लाख ७२ हजार ५२० कित्ता सेयरका लागि २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा १६.०९७ गुणा बढी पर्यो आवेदन, १० कित्ता आइपीओ पाउन भाग्यमै भरपर्नु पर्ने

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म १६.०९७ गुणा बढी आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १८ लाख ४८ हजार ७०१ जना आवेदकबाट २ करोड १९ लाख ७२ हजार ५२० कित्ता सेयरका लागि २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
 
कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट आईपीओ बाँडफाँड हुने छ । मागभन्दा धेरै बढी आवेदन परेको हुँदा १० कित्ता आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा १ लाख ३६ हजार ५०० जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २०१ जनाको भने हात खाली हुनेछ ।