८ मंसिर, २०८१ शनिबार

05:46:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

३ बजे माईतीघर आउनुहोस, एकताबद्ध भएर अघि बढौंः तिलक कोइराला

२६ जेठ, २०७९

३ बजे माईतीघर आउनुहोस, एकताबद्ध भएर अघि बढौंः तिलक कोइराला

काठमाडौं । तिलक कोइरालाले लगानीकर्ताका सबै संघ संस्थाका अध्यक्षहरुलाई आज (बिहीबार) दिउँसो ३ बजे माईतीघरमा आउन आह्वान गर्नु भएको छ । कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत अब लगानीकर्ताको हकहितको लागि छरिएर हैन, एकताबद्ध भएर लड्नु पर्ने जनाउनुभएको छ ।

लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरी विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका छन्। सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुँदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसक्नुभएको छ ।

सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् । सोमबार संघर्ष समितिका संयोजक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनु भएको थियो । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउ गर्न पुगेका लगानीकर्ता तिलक कोइरालासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । लगानीकर्ताहरु हरेक दिन ३ बजे माइतीघर मण्डलमा भेला हुदैँ प्रदर्शन गर्दै आएका छन्।