८ मंसिर, २०८१ शनिबार

05:47:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिम्याट खाता र मेरो सेयर नविकरणमा विशेष योजना

Nepal Business

२६ जेठ, २०७९

डिम्याट खाता र मेरो सेयर नविकरणमा विशेष योजना

काठमाण्डौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोल्नु भएका सम्पूर्ण ग्राहकहरुले यहि असार मसान्तभित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने जानकारी दिएको  छ। 

यसै क्रममा, आफ्ना ग्राहकहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न योजनाहरु ल्याएको छ । १० वर्षे डिम्याट र मेरोशेयर खातानविकरण योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र नौ सय ९९ रुपैयाँमा भुक्तान गरी १० वर्षको लागि हितग्राही र मेरो सेयर खातानविकरण गर्न सक्नेछन् । 

यसबाट ग्राहकहरु आगामी १० वर्षको लागि हितग्राही र मेरो सयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । 

यस्तै ५ वर्षे डिम्याट र मेरोशेयर खातानविकरण योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र ४ सय ९९ रुपँैया मात्र भुक्तान गरी ५ वर्षको लागि हितग्राही र मेरो सेयर खातानविकरण गर्न सक्नेछन् । 

यसबाट ग्राहकहरु आगामी ५ वर्षको लागि हितग्राही र मेरो सेयर खातानविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् । 

यसैगरी आजीवन डिम्याट र मेरो सेयर खातानविकरण योजाना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र१ हजार ९ सय ९९ रुपैयाँ भुक्तान गरी आजीवन हितग्राही खाता र मेरो सेयर खाता नविकरण गर्न सक्नेछन् । 

यसैगरी एक वर्षको डिम्याट खाता र मेरो सेयर खाता नविकरण गर्न  एक सय ५० रुपैयाँ भुक्तानी गरी १ वर्षका लागि ढुक्क हुन सक्नेछन् ।