१५ बैशाख, २०८१ शनिबार

12:21:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लुम्बिनीको नीति : आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य

Nepal Business

२५ जेठ, २०७९

प्रदेशसभाको बुधबारको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

लुम्बिनीको नीति : आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य

लुम्बिनी,

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । 

राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्किने गरी गुरुयोजनाका आधारमा राप्ती उपत्यकामा प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण, जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने जनाउँदै उहाँँले राजधानी व्यवस्थापनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरिने बताउनुभयो ।  

प्रदेशसभाको बुधबारको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

प्रमुख शेरचनले ‘समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गर्नुभयो । 

राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्किने गरी गुरुयोजनाका आधारमा राप्ती उपत्यकामा प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण, जग्गा व्यवस्थापन, ल्याण्ड पुलिङ र अन्य संरचना निर्माण गर्ने कार्य अघि बढाइने जनाउँदै उहाँँले राजधानी व्यवस्थापनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरिने बताउनुभयो ।  

बुटवललाई प्रदेशको आर्थिक राजधानीको रुपमा र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशसभाले निर्धारण गरेको राजधानी क्षेत्रलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने छ ।

लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातिहाल्ना (जिनाबाङ_ सम्मको सडक (रामपुर–कपुरकोट : जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) लाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

नौमुरे बहुउद्देश्यीय जलाशययुक्त परियोजनालाई सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशकै महत्वपूर्ण आयोजनाको रुपमा अगाडि बढाउने सरकारको योजना छ ।

गुरुयोजनाका आधारमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइने तथा लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमूना अस्पताल र प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गरी सञ्चालनमा ल्याउने सरकारको कार्यक्रम छ ।