२ असोज, २०८१ बुधबार
08:33:22 AM
२५ फागुन, २०७९
भैरहवा विमानस्थलबाट एउटा एयरलाइन्सको हप्तामा तीनवटा मात्र उडानले विमानस्थल दिगोरूपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन् ।
भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुन जजिरा एयरवेजको उडान सुरु भएको छ । विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा ८ बजे ९३ जना यात्रु लिएर उडेको हो ।
जजिराले अब मङ्गलबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन नियमित उडान गर्ने झाले बताए । गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनदेखि उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो । यसअघि जजिराले उडान सुरु गर्ने विभिन्न मिति तोके पनि उडान भएको थिएन ।
जजिराले अब मङ्गलबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन नियमित उडान गर्ने झाले बताए । गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनदेखि उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो । यसअघि जजिराले उडान सुरु गर्ने विभिन्न मिति तोके पनि उडान भएको थिएन ।
भैरहवा विमानस्थलबाट एउटा एयरलाइन्सको हप्तामा तीनवटा मात्र उडानले विमानस्थल दिगोरूपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन् ।
बन्द भएको जजिरा एयरलाइन्सको उडानले यो क्षेत्र उत्साहित भए पनि यो पर्याप्त नरहेको सोसाइटी फर नेपाल टुर्स एण्ड ट्राभल्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाइ छ । उनले जजिराले श्रमिकलाई मात्र लक्षित गरी उडान गरेकाले यहाँ पर्यटक लक्षित विमान उडान हुन आवश्यक रहेको बताए ।
“गुणस्तरीय पर्यटकका लागि नेपालकै ध्वजावाहकसँगै हिमालय, बुद्ध एयरलगायतले पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ”, बजिमयले भने , “नेपाल–भारत, नेपाल–चीनलगायत अन्य बौद्ध धर्मावलम्बी देशहरूमा भैरहवाबाट उडान भरेमात्र विमानस्थलले सार्थकता पाउँछ ।”