८ बैशाख, २०८१ शनिबार

12:29:05 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुटवल उपमहानगरले पनि भन्यो सडकको क्षेत्राधिकारभित्र राखिएका सामग्री हटाउ

Nepal Business

२४ भदौ, २०७९

बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र बस्न योग्य बुटवल सहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकसमेतमा रहेका सामग्री तीन दिनभित्रै हटाउन कार्यालयले अनुरोध गरेको छ ।

बुटवल उपमहानगरले पनि भन्यो  सडकको क्षेत्राधिकारभित्र राखिएका सामग्री हटाउ

बुटवल,

बुटवल उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका सबै सामग्री हटाउन आग्रह गरेको छ । 

उपमहानगरपालिकाले आज शुक्रबार सूचना जारी गरेर सडकको क्षेत्राधिकार, सडक पेटी चोक, चौराहमा अव्यवस्थितरुपमा रहेका ठेला, टङ्की, बजार, निर्माण सामग्री, सवारी पार्किङ, वर्कशपलगायतका सामान हटाउन आग्रह गरेको हो । 