८ जेठ, २०८१ मंगलबार

09:44:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी बुनेका थिए कैदीले लागूऔषध कारोबारको योजना...

२० पुस, २०७८

कारागारका कैदीले कर्मचारी र बाहिरका व्यक्तिलाई तलब नै दिएर लागूऔषधको कारोबार गर्ने गरेको खुल्न आएको छ

यसरी बुनेका थिए कैदीले लागूऔषध कारोबारको योजना...

काठमाडौँ, २० पुस : कारागारमा कैद भुक्तान गरिरहेकाहरुले लागूऔषध कारोबार गर्न सम्भव छ ? उनीहरुले अरुलाई परिचालन गर्न सक्छन् की सक्दैनन् ? सोझो मनले बुझ्दा चौविसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारका कैदीले त्यसो गर्न सम्भव छैन भन्ने लाग्छ ।

किन की उनीहरुलाई भित्री गेटबाट निस्कनसमेत नाइकेको अनुमति चाहिन्छ, बाहिरी गेटबाट निस्कन त विरामी नै हुनुपर्छ । त्यही पनि सुरक्षाकर्मीको साथमा जान पाइन्छ । 
तर यो हाम्रो सोचाइ गलत सावित भएको छ । कारागारका कैदीले कर्मचारी र बाहिरका व्यक्तिलाई तलब नै दिएर लागूऔषधको कारोबार गर्ने गरेको खुल्न आएको छ । प्रहरीको लामो अनुसन्धानले यो तथ्यलाई पुष्टि गरेको छ । 

केही अघि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले लागूऔषत कारोबारमा संलग्न रहेको केही व्यक्तिलाई पक्राउ गर्यो । उनीहरुबाट सामान्य लागूऔषध बरामद भएको थियो । प्रहरीले यती ठुलो घटना भएको थियो भनेर सोचेकै थिएन । अनुसन्धानका क्रममा त्यो रहस्य खुलेरै छाड्यो । जुन महत्वपूर्ण सूचना चुहियो एक दिन । उनीहरु कै बयानका आधारमा दुई कैदीले योजना बनाएर कारागारका कर्मचारीलाई समेत प्रयोग गरी लागूऔषध कारोबार गर्दै आएको पाइएको छ । 

व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कारागारमा कैद भुक्तानी गरिरहेका व्यक्तिहरु लागूऔषध कारोबारमा संलग्न रहेको पाइएकाले थप अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । 

विसं २०६८ सालमा पक्राउ परेका भारतीय नागरिक गुप्ता काठमाडौँ जिल्ला अदालतको विसं २०६९ सालको फैसलाले १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् 

यसरी कारोबार गर्ने मुख्य नाइके हुन् सिन्धुली कारागारमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ता हुन् । उनले तत्कालिन समयमा सिन्धुली कारागारका टेलिफोन नाइके सन्तोष स्याङ्तानलाई आर्थिक प्रलोभनमा पारी कारागार भित्रैबाट लागूऔषध कारोबारमा संलग्न गराएका थिए । हाल सन्तोष रौतहट कारागारमा छन् । विसं २०६८ सालमा पक्राउ परेका भारतीय नागरिक गुप्ता काठमाडौँ जिल्ला अदालतको विसं २०६९ सालको फैसलाले १८ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । 
गुप्ताले भने अनुरुप कारोबारमा प्रयोग भएको रकम झिक्न तथा पठाउन कारागार कार्यालय सिन्धुलीका कार्यालय सहयोगी रीता सारू मगरलाई प्रयोग गरेका थिए ।  उनलाई पनि पक्राउ  गरी अनुसन्धान थालिएको व्यूरोले जनाएको छ । 
उक्त घटनामा संलग्न सन्तोष स्याङतानबाट विसं २०७६ सालमा सिन्धुली प्रहरीले ५५ किलो गाँजा बरामद गरेको र सो मुद्दामा जिल्ला अदालत सिन्धुलीले ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

सन्तोष स्याङतानबाट विसं २०७६ सालमा सिन्धुली प्रहरीले ५५ किलो गाँजा बरामद गरेको र सो मुद्दामा जिल्ला अदालत सिन्धुलीले ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

अन्य लागूऔषधसहित पक्राउ परेका नानीमैया लामा र रम्बा देवी दास लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरेका व्यक्ति हुन् भने विष्णुकुमार देउला भक्तपुर जिल्ला अदालतको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् । करणी मुद्दामा कृष्णराम धुकुछु पनि कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको जनाइएको छ । एक पटक अपराध गरेकाहरु लागूऔषध कारोबारमा संलग्न भएको पाइएको छ । 

१७ जनाबाट ठुलो परिमाणमा लागूऔषध बरामद

व्यूरोले विभिन्न मितिमा पक्राउ परेका १७ जनालाई आज सार्वजनिक गरेको । उनीहरुबाट सात हजार एम्पुल लागूऔषध समेत बरामद गरिएको छ । उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम २ हजार ३१६ एम्पूल, फेनारगन २ हजार ३५० एम्पूल, नुर्फिन २ हजार ३३४ एम्पूल बरामद गरेको छ ।