१२ मंसिर, २०८१ बुधबार
08:10:37 PM
२५ जेठ, २०७९
सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्सको सभा लिसरा ब्यांक्वेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०७७।७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, इन्स्योरेन्स कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले आईपीओ निष्कासन पश्चात कायम चुक्ता पूँजीको आधारमा हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनी सर्वसाधारणमा ६० लाख रुपियाँ कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ ,स्वीकृति पाएपश्चात कम्पनीले आइपीओ जारी गर्नेछ ।
साथै सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।