१६ कार्तिक, २०८१ शुक्रबार
05:15:43 PM
२५ जेठ, २०७९
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।
काठमाण्डौं । लामो समयदेखि ओरालो लागिरहेको सेयर बजारमा बुधबार ब्रेक लागेको छ । डेढ हप्ता पछि सेयर बजारले उकालो यात्रा तय गरेको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुगेको छ । नेप्से २.९८ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा पुगेको छ ।
कूल २३१ वटा कम्पनीको ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेको छ ।
बुधबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड १२ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यसै दिन २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । अन्य २ कम्पनीको पनि सकारात्मक सर्किटकै लेभलमा कारोबार हुन पुगेको छ ।
बुधबार माउन्टेन हाइड्रोको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.११ प्रतिशतले घटेर ३ सय १० रूपैयाँमा झरेको छ ।