८ मंसिर, २०८१ शनिबार

05:46:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बुधबार अरुण भ्याली हाइड्रोपावरसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२५ जेठ, २०७९

बुधबार १ अर्बमाथिको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक खरिदबिक्री भएको छ ।

बुधबार अरुण भ्याली हाइड्रोपावरसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा  हरियाली छाएको छ । बजेट भाषणपछि निरन्तर घटिरहेको पुँजीबजार बुधबार ६०.२२ अंकले बढ्न पुगेको छ । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्वसवको अवसरमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल, अर्थमन्त्री जनार्दश शर्मा र राष्ट्र बैंकका गभर्नरले पुँजीबजारको समस्याको समाधान गर्न चार सदस्यी समिति समेत गठन गरेसँगै सेयरबजारमा हरियाली छाएको छ ।

बुधबार २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ । बुधबार १ अर्बमाथिको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको बुधबार ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, बुधबार कुमारी बैंकको ४ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ७४ लाख रुपैयाँ र अपि पावरको ४ करोड ५९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।