८ मंसिर, २०८१ शनिबार
05:43:30 AM
२५ जेठ, २०७९
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । अर्थ मन्त्रालयमा बुधबार बिहान भएको छलफलमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताउनुभएको छ ।
गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताउनुभएको मन्त्रालय स्रोतले जनाएको छ । आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव समेत संकलन सुरु गरेको छ ।