८ मंसिर, २०८१ शनिबार
06:12:02 AM
२५ जेठ, २०७९
शेयर बजारमा देखिएका अधिकांश समस्याहरुको समाधान गर्न शेयर बजारसँग सम्बन्धीत निकायहरु एकजुट हुन आवश्यक छ ।
काठमाण्डौं । शेयर बजारमा देखिएका अधिकांश समस्याहरुको समाधान गर्न शेयर बजारसँग सम्बन्धीत निकायहरु एकजुट हुन आवश्यक रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताउनु भएको छ।
बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष हमालले यस विषयमा बताउनु भएको हो ।
हमालले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर कर्जालार्ई गरेको कडाई सहजीकरण गर्न बोर्डले भुमिका खेल्ने बताउनु भएको छ ।
बजारमा देखिएको तरलता अभावका कारणले पनि शेयर बजारका लगानीकर्ताहरु मारमा परेको कुरामा बोर्ड चिन्तित रहेको हमालले बताउनु भयो ।
शेयर बजारमा देखिएका अधिकांश समस्याहरुको समाधान गर्न शेयर बजारसँग सम्बन्धीत निकायहरु एकजुट हुन आवश्यक छ । यसका साथै हमालले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर कर्जालार्ई गरेको कडाई सहजीकरण गर्न बोर्डले भुमिका खेल्ने बताउनु भएको छ ।
बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा हमालले ७ वटा प्रतिवद्धता गर्नु भएको छ ।
अध्यक्ष हमालले एआईमा आधारित रेगटेकबाट चलखेल र अनुचित काम रोक्ने, अटोमेटेड इ–अक्सन सिस्टम तयार पार्ने लगायत प्रतिवद्धता उल्लेख छन् ।
बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा हमालले ७ वटा प्रतिवद्धता गर्नु भएको छ ।
उहाँले समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगमा जोड दिने बताउनु भयो ।
हमालले लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई आर्टिफिसियल इन्टिलिजेन्समा आधारित रेगटेकमार्फत चुस्त दुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गरिने जनाउनु भएको छ ।
अध्यक्ष हमालले वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिने बताउनु भएको छ ।
यसैगरी उहाँले बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने बताउनु भएको छ ।
उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गरिने हमालको प्रतिवद्धता रहेको छ ।
अध्यक्ष हमालले वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिने बताउनु भएको छ ।
बजार सहभागीहरूलाई व्यावसायिक बनाई स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति लिइने हमालको अर्को प्रतिवद्धता रहेको छ ।
यस्तै अध्यक्ष हमालले समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको भावी प्राथमिकता दिने प्रतिवद्धता रहेको जनाउनु भएको छ ।