८ मंसिर, २०८१ शनिबार
06:14:02 AM
२५ जेठ, २०७९
गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार
काठमाण्डौं । सेयर बजारका समस्या समाधानका लागि अर्थमनत्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको छ । नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘हिजोको राष्ट्र बैंकको छलफल पश्चात अर्थमन्त्रालयमा बजारका समस्या समाधान गर्नलाई सुझाव समिति आयोग गठन गरिएको जानकारी सम्पूर्ण मित्रहरुलाई जानकारी गराउदछु ।’
अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको सुझाव समितिको संयोजनक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी हुनुहुन्छ । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १/१ जना प्रतिनिधि रहने छन् ।
गानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच हिजो मंगलबार भेटवार्ता भएको थियो । सो छलफलमा गभर्नर अधिकारीलाई सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४÷१२ करोडको क्याप, सीडी र सीसीडी रेसियोको बारेमा अवगत गराइएको थियो ।
सो छलफल पश्चात गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार पनि बताउनु भएको अधयक्ष पोखरेलले बताउनुभएको थियो ।
पछिल्लो समय निरन्तर सेयर बजार ओरालो लागिरहेको बेला मन्त्रालयले समिति गठन गरेको हो । ३२ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।