८ मंसिर, २०८१ शनिबार
06:09:42 AM
२५ जेठ, २०७९
हमालले मार्जिन प्रकृतिको सेयर धितोकर्जामा लगाईको सिमाका कारण सेयर बजार निरन्तर घटिरहेको भन्दै यो नीतिको पुनरावलोकनको आवश्यकता औँल्याउनुभएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर धितोकर्जामा लगाईएको ४/१२ को नीतिमा पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले ४/१२ को नीतिमा पुनरावलोकन गरी बजारलाई उचित निकास दिन आवश्यक रहेको बताउनुभएको हो ।
हमालले मार्जिन प्रकृतिको सेयर धितोकर्जामा लगाईको सिमाका कारण सेयर बजार निरन्तर घटिरहेको भन्दै यो नीतिको पुनरावलोकनको आवश्यकता औँल्याउनुभएको छ । त्यस्तै, अध्यक्ष हमालले मर्जरको कारण कारोबार रोक्ने व्यवस्था हटाउन पनि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिनुभयो। उहाँले निकट भविष्यमै मर्जरका कारण लामो समय कारोबार नरोकिने गरी हल निकाल्ने बताउनुभयो ।