४ जेठ, २०८१ शुक्रबार

07:35:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असार मसान्तसम्म कृषकले १ लाख ९२ हजार मेट्रिकटन मल पाउने

Nepal Business

२५ जेठ, २०७९

असार मसान्तसम्म कुल १ लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

असार मसान्तसम्म कृषकले १ लाख ९२ हजार मेट्रिकटन मल पाउने

काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभाव अन्त्य भै कृषकले असार मसान्तसम्म ठूलो मात्रामा मल पाउने बताएको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।

असार मसान्तसम्म कुल १ लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।

आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यसैगरी कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।

असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिढ र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ ।