८ मंसिर, २०८१ शनिबार

05:52:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर लगानीकर्ताले सरकारलाई बुझाए ११ अर्ब रुपैयाँभन्दा बढिको पुँजीगत लाभकर

Nepal Business

२५ जेठ, २०७९

अघिल्लो आर्थिक वर्षमा लगानीकर्ताहरुले सरकारलाई पुँजीगत लाभकर १५ अर्ब ५३ करोड रुपैयाँ बुझाएका

सेयर लगानीकर्ताले सरकारलाई बुझाए ११ अर्ब रुपैयाँभन्दा बढिको पुँजीगत लाभकर

काठमाण्डौं । सेयर लगानीकर्ताले नाफाबाट सरकारलाई ११ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षमा लगानीकर्ताहरुले सरकारलाई जेठ १७ गतेसम्म सो रकम बुझाएका हुन्।

अघिल्लो आर्थिक वर्षमा लगानीकर्ताहरुले सरकारलाई पुँजीगत लाभकर १५ अर्ब ५३ करोड रुपैयाँ बुझाएका थिए । सरकारले दोस्रो बजारको सेयर कारोबारमा सेयर किनेको एक वर्षभित्रमा बेचेमा साढे ७ प्रतिशत तथा एक वर्षभन्दा बढी समय राखेर बेचेमा ५ प्रतिशत लाभकर लिने गरेको छ ।

अघिल्लो आर्थिक वर्षदेखि पुँजीगत लाभकर ह्वातै बढेको हो । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ९८ करोड रुपैयाँ पुँजीगत लाभकरबाट सरकारले उठाएको थियो । २०७५÷७६ मा ६४ करोड रुपैयाँमात्र लाभकर सरकारले पाएको थियो । २०७४/७५ मा ४७ करोड रुपैयाँ लाभकरबाट पाएको थियो ।