९ मंसिर, २०८१ आइतबार
12:36:38 AM
२४ जेठ, २०७९
यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा पुर्याइएको छ ।
काठमाडौं ।
सहमति भएको भोलिपल्ट नै काठमाडौँको फोहर फाल्न अबरोध भएपछि बल प्रयोग गरेर काठमाडौँको फोहर फालिएको छ ।
जनप्रतिनिधिसँग सहमति भए पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहर लगिएको हो ।
जनप्रतिनिधिसँग सहमति भए पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहर लगिएको हो ।
यसअघि नै संकलन गरेर १५७ वटा गाडीमा लोड भइराखेको फोहोर मंगलबार दिउँसो ल्याण्डफिल साइटमा पुर्याइएको छ ।
सोमबार शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकासँग वञ्चरेडाँडाबासीका तर्फबाट नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका जनप्रतिनिधिले सहमति गरेका थिए ।
सो सहमतिपछि मंगलबार १५७ वटा गाडी फोहोर फाल्न वञ्चरेडाँडातर्फ जाँदा स्थानीय रोकेका थिए । त्यसपछि प्रहरी परिचालन गरेर फोहर फालिएको हो ।