८ मंसिर, २०८१ शनिबार
06:08:02 AM
२४ जेठ, २०७९
भेटमा गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।
काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । नेपाल राष्ट्र बैंकमा आज (मंगलबार) गभर्नर अधिकारी र लगानीकर्ता संघका पदाधिकारी भेटवार्ता भएको हो ।
गभर्नर अधिकारीसँगको भेटमा सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दवाव, ४/१२ करोडको क्याप, सीडी र सीसीडी रेसियोको बारेमा उहाँलाई अवगत गराइएको संघका अध्यक्ष राधा पोखरेलले बताउनुभयो ।
भेटमा गभर्नर अधिकारीले पुँजीबजारमा देखिएका समस्याहरु सहजीकरण गर्ने विषयमा छलफल गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।
गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई मध्यनजर गर्दै लगानीकर्ताको समस्यालाई गम्भिर रुपले अध्ययन गर्ने र लगानीकर्ताको मागलाई कसरी सहजिकरण गर्ने भन्ने बारेमा छलफल अगाडि बढाउने जवाफ दिनुभएको संघकी अध्यक्ष पोखरेलले जानकारी दिनुभयोे ।