८ मंसिर, २०८१ शनिबार

05:44:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार एनआइसी एशिया बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ जेठ, २०७९

मंगलबार कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २० लाख र नबिल बैंकको २ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

मंगलबार एनआइसी एशिया बैंकसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको सोस्रो कारोबारको दिन मंगलबार सेयरबजार उच्च अंकले घटेको छ ।  बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक मंगलबार ४५।५९ अकंले घटेर २०२०।२३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १२।९२ अकंले घटेर २०६५।७८ विन्दुमा बन्द भएको थियो ।

मंगलबार २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक घटेसँगै सेयरबजारमा सेयरको मात्रा र कारोबार रकम समेत घटेको छ। मंगलबार १ अर्बमाथिको कारोबार हुँदा एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । बैंकको यसदिन ६ करोड ११ लाख ८८ हजार ६८३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, मंगलबार कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाख, शिवम् सिमेन्ट्सको ३ करोड २० लाख र नबिल बैंकको २ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।