८ मंसिर, २०८१ शनिबार

06:08:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ४५.५९ अंकले गिरावट, नेप्से २ हजारको विन्दुमा

२४ जेठ, २०७९

सर्वाधिक निर्जिबन बीमा सूचकको १३९.७८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समुहको १३७.८८ रुपैयाँले घटेको छ ।

सेयर बजारमा ४५.५९ अंकले गिरावट, नेप्से २ हजारको विन्दुमा

काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयरबजार उच्च अंकले घट्न पुगेको छ । बजेट घोषणापछि लगातार घटेको नेप्से परिसूचक मंगलबार ४५.५९ अकंले घटेर २०२०.२३ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेप्से परिसूचक १२.९२ अकंले घटेर २०६५.७८ विन्दुमा बन्द भएको थियो ।

मंगलबार २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६२ रुपैयाँको कारोबार भएको छ । मंगलबार नेप्से भारी अंकले घट्दा १३ वटै उपसूचक राताम्य भएका छन् । सर्वाधिक निर्जिबन बीमा सूचकको १३९.७८ रुपैयाँ र उत्पादन तथा प्रशोधन समुहको १३७.८८ रुपैयाँले घटेको छ ।

त्यस्तै, जीवन बीमा समुहको ८७.१८ रुपैयाँ, विकास बैंक समूहको ८८.९४ रुपैयाँ र लघुवित्त समूहको ६९.७४ रुपैयाँले घटेको छ ।