८ मंसिर, २०८१ शनिबार
06:25:01 AM
२४ जेठ, २०७९
नेप्सेमा आन्दोलन गर्न पुगेका केही सेयर लगानीकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । पुँजीबजार सुधार र विस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समिति आज (मंगलबार) नेपाल स्टक एक्सचेज (नेप्से) को कार्यालय घेराउ गर्न पुगेका छन् । संघर्ष समितिका संयोजक तिलक कोइरालाको नेतृत्वमा सेयर लगानीकर्ताहरु मंगलबार नेप्सेको कार्यालय घेराउ गर्न पुगेका हुन् । नेप्सेमा आन्दोलन गर्न पुगेका केही सेयर लगानीकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले लगानीकर्ता तिलक कोइरालासहित ५ जनालाई पक्राउ गरेको हो।
लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरी विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका छन्। सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुँदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसक्नुभएको छ ।
सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् । हिजो सोमबार संघर्ष समितिका संयोजक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनु भएको थियो ।