१२ मंसिर, २०८१ बुधबार

08:09:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मर्जरमा जाने कम्पनीलाई असार मसान्तभित्रैमा एमओयु गर्न बीमा समितिको आग्रह

२४ जेठ, २०७९

बीमकहरुमा गाभिएको मितिले २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था पनि समितिले गरेको छ।

मर्जरमा जाने कम्पनीलाई असार मसान्तभित्रैमा एमओयु गर्न बीमा समितिको आग्रह

काठमाडौं । बीमा समितिले सोमबार एक निर्देशन गरी गर्दै सबै बीमा कम्पनीहरुलाई असारमसान्त सम्म मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर गर्न र मर्जरको सम्पूर्ण प्रक्रिया २०८० असार मसान्त सम्म पूरा गर्न आग्रह गरेको छ।

बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई विभिन्न प्रकारका छुटको व्यवस्था गरेको छ। समितिले बीमा कम्पनीहरुका नाममा परिपत्र जारी गर्दै असार मसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरेको हो।

बीमकपश्चात कायम हुने नयाँ बीमकमा रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले २ वर्षभित्र बिक्री गरेमा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने समितिले जनाएको छ । साथै, बीमकहरुमा गाभिएको मितिले २ वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था पनि समितिले गरेको छ।

यसैगरी समितिले गाभिने प्रक्रियामा रहेका बीमकहरुले कर्मचारीहरुलाई सामूहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी करकट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। तोकेको चुक्ता पुँजी पूरा गर्न मर्जरमा जाने कम्पनीलाई उक्त सुविधा प्राप्त गर्नका निम्ति २०७९ असार मसान्त भित्र सम्बन्धित निकायमा आवेदन दिनुपर्ने बीमा समितिले जनाएको छ ।