८ मंसिर, २०८१ शनिबार

05:43:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर लगानीकर्ताहरुले आज नेप्से अगाडि प्रदर्शन गर्ने

२४ जेठ, २०७९

लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरी विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका छन्।

सेयर लगानीकर्ताहरुले आज नेप्से अगाडि प्रदर्शन गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेज (नेप्से) को कार्यालय अगाडि आज(मंगलबार) पूँजी बजार सुधार र बिस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले प्रदर्शन गर्ने भएका छन् । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले मंगलबार दिउसो ३ बजे नेप्से कार्यालय अगाडि प्रदर्शन गर्न लागेका हुन् ।

लगानीकर्ताहरुले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरी विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेका छन्। सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुँदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसक्नुभएको छ ।

सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् । हिजो सोमबार संघर्ष समितिका संयोजक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउनु भएको थियो ।