१७ बैशाख, २०८१ सोमबार

11:52:44 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा हरियाली

२० पुस, २०७८

सेयर बजारमा हरियाली

२० पुस, काठमाण्डौं
साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ। आज  पनि  सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार ६३.०१ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ७९.९५ विन्दुमा कारोबार बन्द भएको छ। 


२.४१ प्रतिशतले सेयर बजार उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ७९.९५ विन्दुमा सिमित भएको हो। 
आज ९१ लाख १० हजार सात सय ५८ कित्ता सेयर किनबेच ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा कारोबार भएको छ। 
मंगलबार सबै म्यानुफ्याक्चर एण्ड प्रडक्शन उपसमुह ०.५९ र अन्य ०.३४ प्रतिशतले घटेका छन् भने अन्य उपसमुहरुमा  हरियाली छ। 


यस्तै कम्पनीतर्फ श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी विकास बैंक लिमिटेड शतप्रतिशतले बढेका छन् भने मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ९.९९ प्रतिशतले बढेको छ।