८ मंसिर, २०८१ शनिबार
05:47:20 AM
२४ जेठ, २०७९
मंगलबार प्रि ओपन सेसनमा ६३ हजार ९०३ रुपैयाँ बराबरको २८५ कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सो सेसनमा ०.६३ अंकले घटेर २०६५.१९ विन्दुमा आइपुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६३ हजार ९०३ रुपैयाँ बराबरको २८५ कित्ता सेयर खरिदबिक्री भएको छ। पछिल्लो समय देखि घटिरहेको सेयरबजार सुधारका लागि लगानीकर्ताहरुले हिजो (सोमबार) धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएका छन् । सेयर बजार निरन्तर घट्दा लगानीकर्ताहरु आन्दोलित हुन थालेका छन् । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलन समेत गर्दै आएका छन् ।