१२ मंसिर, २०८१ बुधबार
09:30:26 PM
२४ जेठ, २०७९
तपाईको आयो त ? नेको इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको छ । इन्स्योरेन्स कम्पनीको २६ औँ बार्षिक साधारणसभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिएको हो ।
२०७८ फागुन ३० गतेसम्म सेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा उक्य बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ । सो मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुलाई क्रमश डिम्याट खातामा सेयर जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।
सेयर अभौतिकिकरण नगराएकाहरु सेयधनीलाई सेयर रजिष्ट्रार आरबीबी मर्चेन्टमा गई सेयर अभौतिकिकरण गराउन कम्पनीले आग्रह गरेको छ । सेयर धितो राखी कर्जा लिएको भए सेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन पनि सेयरधनीलाई कम्पनीले आग्रह गरेको छ ।