१६ कार्तिक, २०८१ शुक्रबार

03:12:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असार २ गतेदेखि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर, क -कसले दिन पाउछन् आवेदन ?

२४ जेठ, २०७९

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

असार २ गतेदेखि आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रोपावर, क -कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ३ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्ला ताराखोला गाँउपालिका र गल्कोट नगरपालिका जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा उक्त सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा ) निष्काशन गरिने छ ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताको लागि छिटोमा असार १६ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

लगानीकर्ताहरुले उक्त आईपीओमा प्रभु बैंक लिमिटेड शाखा कार्यालय, ताराखोला, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, गल्कोट, कामना सेवा विकास बैंक, गल्कोट, एनआईबिएल एस क्यापिटल लाजिम्पाट र प्रभु बैंक लिमिटेड शाखा कार्यालय, गल्कोटबाट आवेदन दिन सक्नेछन्।