८ मंसिर, २०८१ शनिबार
04:51:25 AM
२३ जेठ, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता अनुमतिपत्र नवीकरण गर्न सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेको छ। धितोपत्र बोर्डले सोमबार एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०७८/७९ को आस्बा अनुमतिपत्र जेठ मसान्तभित्र नवीकरण गर्न आग्रह गरेको हो।
धितोपत्र बोर्डले हालसम्म अनुमतिपत्र नविकरणका लागि निवेदन पेश नगरेका आस्वा सदस्यहरुले जेठ मसान्तभित्र अनुमतिपत्र नविकरणका लागि नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेका योग्यता पूरा भएको जनाउने विवरणसहित अनुसूचीले तोकेको ढाँचामा निवेदन तयार गरी पेश गर्न आग्रह गरेको छ ।