८ मंसिर, २०८१ शनिबार

05:27:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न बोर्डले दियो अनुमति

२३ जेठ, २०७९

थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डले जेठ १० गते थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति दिएको हो ।

बोर्डले आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सिभिल बैंक, एनआईविएल समृछि फण्ड २ र आरबीबी म्युचुअल फण्ड १ लाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो । योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०० वटा पुगेको छ ।