१७ बैशाख, २०८१ सोमबार

08:33:13 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालद्धारा भूटान पराजित

Nepal Business

२३ जेठ, २०७९

भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३.१ ओभरमा छ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालद्धारा भूटान पराजित

काठमाण्डौं । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत सोमबार भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले पराजित गरेको हो । भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३.१ ओभरमा छ विकेट गुमाउँदै पूरा ग¥यो । 

नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिनुभयो। त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टी जैसीले ८, आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २ तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाउनु भयो ।

बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिनु भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाउनु भयो ।

त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोड्नु भयो। बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई/दुई विकेट लिनु भयो। 

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो । 

युएइविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।