११ मंसिर, २०८१ मंगलबार
05:57:44 PM
२३ जेठ, २०७९
सोमबार १ अर्बमाथिको कारोबार हुँदा एशियन लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयरबजार घटेको छ । यसदिन सेयर बजार १२ अंकले घटेको हो । पछिल्लो समय देखि घटिरहेको सेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज(सोमबार) धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँको कारोबार भएको छ । सोमबार १ अर्बमाथिको कारोबार हुँदा एशियन लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन ८ करोड २४ लाख ७७ हजार ३८७ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै,सोमबार एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ३ करोड ७८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।