८ मंसिर, २०८१ शनिबार
05:00:59 AM
२३ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार
काठमाण्डौं । यस साता पनि सेयर कारोबार सकारत्मक देखिएन । कारोबारको पहिलो दिन सोमबार नै सेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १२.९२ अंकले घटेर नेप्से परिसूचक २ हजार ६५.७८ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँको कारोबार भएको छ भने ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएका छन् ।
आज उपसमुहहरुमा विकास बैंक ०.३३ प्रतिशत, फाइनान्स ०.२२ प्रतिशत, म्यानुफ्याक्चर र प्रडक्शन ०.४२ प्रतिशत, अन्य ०.१ प्रतिशत, माइक्रोफाइनान्स ०.५३ प्रतिशत म्युचल फण्ड ०.२५ प्रतिशतले बढेका छन् भने बाँकी घटेका छन् ।
कम्पतीफर्त भने उपकार लघुवित्त वित्तीय संस्थामा सर्किन ब्रेक लागेको छ भने बलेफी हाइड्रोपावर ९.९६ प्रतिशत र नारायणी विकास बैंक ६.४७ प्रतिशतले बढेका छन् ।