२० बैशाख, २०८१ बिहिबार

04:07:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सद्धारा त्रिवि शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

Nepal Business

२३ जेठ, २०७९

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्सद्धारा त्रिवि शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण गरेको छ । सोमबार कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको हो । 

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरि औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।