६ बैशाख, २०८१ बिहिबार

08:05:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डेढ बर्षदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुने

२८ भदौ, २०७९

डेढ बर्षदेखि रोकिएको  कोरोना बीमाको दावी भुक्तानीका लागि १ अर्ब निकासा हुने

काठमाडौं । डेढ वर्षदेखि भुक्तानी नभएर रोकिएको कोरोना बीमाको दावी भुक्तानीका लागि सरकारले १ अर्ब निकासा गर्ने भएको छ । गत साता मन्त्रिपरिषद् बैठकले १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

१७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा १ लाख ६५ हजार ५९ बीमितले १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रूपैयाँ बराबरको दावी परेको थियो । जसमध्ये बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समिति समेतबाट ३ अर्ब ५० करोड दावी भुक्तानी भएको छ । १२ अर्ब ३२ करोड भन्दा बढी दावी भुक्तानी बाँकी छ ।

साढे ३ अर्ब भन्दा बढीको दायित्व सकारले लिने गरी कोरोना बीमा मार्गदर्शन आएको थियो । जसअनुसार १२ अर्ब भन्दा बढीको कोरोना बीमाको दायित्व स्वीकार गर्दै सरकारले १ अर्ब निकास दिने निर्णय गरेको हो । बीमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ ।