९ मंसिर, २०८१ आइतबार

02:58:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जीवन बीमालेख ४७ प्रतिशतले बढ्यो, निर्जीवन बीमालेख घट्यो (पूर्णपाठसहित)

Nepal Business

२३ जेठ, २०७९

यस अवधिमा कम्पनीहरुको कुल बीमाशुल्क १४.६५ प्रतिशतले बढेर १४ अर्ब १५ करोड ९९ लाख रुपैयाँ संकलन

जीवन बीमालेख ४७ प्रतिशतले बढ्यो, निर्जीवन बीमालेख घट्यो (पूर्णपाठसहित)

काठमाण्डौं । जीवन बीमालेख बढेको छ । बीमा समितिको तथ्यांक अनुसार एक वर्षको अवधिमा गत वर्षको वैशाख मसान्तदेखि यस वर्षको वैशाख मसान्तसम्म बीमालेख संख्या ३९ लाख ७३ हजार ८१७ ले बढेर कुल जीवन बीमा संख्या १ करोड २३ लाख ७१ हजार ५७२.७ पुगेको छ । 

यो कुल जीवन बीमालेख गतवर्षको तुलनामा ४७.३२ प्रतिशतले बढि हो । २०७८ वैशाख मसान्तसम्म कुल बीमालेख संख्या ८३ लाख ९७ हजार ७५५ थियो । 

यस अवधिमा जीवन बीमाशुल्क ११.६४ प्रतिशतले वृद्धि भएर १ खर्ब १० अर्ब ४० करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ । 
गत वर्ष बैशाख मसान्तसम्म ९८ अर्ब ८९ करोड बीमा शुल्क संकलन भएको छ। 

यस्तै यस अवधिमा भने कुल निर्जीवन बीमालेख घटेको छ । गत वर्षको बैशाख मसान्तसम्म २३ लाख ८१ हजार ४१७ बीमालेख रहेकोमा यस वर्षको सोही अवधिमा उक्त बीमालेख १.३९ प्रतिशतले घटेर २३ लाख ४८ हजार २३२ पुगेको छ । 

यस अवधिमा निर्जीवन बीमाशुल्क २६.७१ प्रतिशतले वृद्धि भएर ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ संकलन भएको छ । गत वैशाख मसान्तसम्ममा कम्पनीहरुले २४ अर्ब ६२ करोड बीमा शुल्क संकलन भएको छ। 

यस अवधिमा कम्पनीहरुको कुल बीमाशुल्क १४.६५ प्रतिशतले बढेर १४ अर्ब १५ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । 

समितिको तथ्यांक अनुसार म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा, जीवन बीमालेख बाहेक जीवन बीमालेख संख्यामा पनि ४९.८५ प्रतिशतले वृद्धि भएको । यस अवधिमा जीवन बीमालेख संख्या ५० लाख ७३ हजार ६७९ पुगेको छ भने म्यादि र लघु म्यादि जीवन बीमालेखको संख्या ६४ लाख ४३ हजार ३४५ पुगेको छ । गत वर्षको सोही अवधिमा म्यादि, लघु म्यादि जीवन बीमालेख संख्या ७६ लाख ८५ हजार ५७७ रहेको थियो । 

वैदेशिक रोजगार बीमा संख्यामा पनि यस वर्ष २०.०१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको बैशाख मसान्तसम्म ७ लाख १२ हजार १७८ बीमालेख रहेकोमा यस वर्ष बढेर ८ लाख ५४ हजार ६६७ पुगेको छ । 

समितिका अनुसार यस अवधिमा कुल जीवन बीमाशुल्क संकलनमा पनि १४.६५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ खर्ब २३ अर्ब ५१ करोड बीमा शुल्क संकलन भएको यस वर्षको सोही अवधिमा उक्त बीमा शुल्क संकलनमा वृद्धि भएसँगै १ खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक पाँच प्रतिशत घटाएर लिएको बीमालेखको संख्या ४८ लाख १९ हजार ९९५ रहेको छ । पाँच प्रतिशत घटाएर लिएको म्यादि जीवन बीमालेख सहितको संख्या १ करोड ९ लाख ४१ हजार १७३ रहेको छ । गत वर्षको सोही अवधिमा उक्त बीमालेख संख्या ७३ लाख १ हजार २९८ रहेको थियो ।

यसैगरी, म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १५.९९ प्रतिशत रहेको छ । म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमा जीवन बीमासहितको बीमाको दायरामा आएको जनसंख्या ३९.१२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा २६.९२ प्रतिशत जनसंख्या रहेको थियो ।

म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख सहित बीमाको दायरामा आएको जनसंख्या ३६.२९ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको म्यादि र लघु म्यादि बीमा जीवनबीमा लेख जनसंख्या २४.५३ प्रतिशत रहेको तथ्याङकमा उल्लेख छ। 

समितिका अनुसार बीमा कम्पनीहरुको कार्यालयको संख्यामा पनि १४.५८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष बीमा कम्पनीका कार्यालयहरु २ हजार ९२२ रहेकोमा यस वर्ष ३ हजार ३४८ पुगेका छन् । 

यस अवधिमा बीमा कम्पनीका कर्मचारीको संख्यामा पनि १२.३१ प्रतिशतले वृद्धि भएर ११ हजार ८७५ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा बीमा कम्पनीहरुमा १० हजार ५७३ कर्मचारी पुगेको तथ्याङकमा उल्लेख छ ।