८ मंसिर, २०८१ शनिबार

05:23:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बुझाए १९ बुँदे ज्ञापनपत्र , माग पुरा गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता

२३ जेठ, २०७९

‘पटक–पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पुँजीबजारको संवेदनशिलता र लाखौँ लगानीकर्ताहरुको लगानीलाई बेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनुपरेको छ’।

सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बुझाए १९ बुँदे ज्ञापनपत्र , माग पुरा गर्ने बोर्डका अध्यक्ष हमालको प्रतिवद्धता

काठमाडौं ।  सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै आन्दोलित लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई उक्त ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा भनिएको छ, ‘पटक–पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पुँजीबजारको संवेदनशिलता र लाखौँ लगानीकर्ताहरुको लगानीलाई बेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनुपरेको छ’।  पूँजी बजार सुधार समितिका संयोजक तिलक कोइरालाले लगानीकर्ताहरुले बुझाएका १९ बुँदे मागमध्ये १३ वटा माग बोर्डबाटै सम्बोधन हुनुपर्ने बताउनुभएको छ । बाँकी ६ वटा मागभने राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गरेर सम्वोधन गर्न सकिने समितिले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले  आफ्नो तर्फबाट गर्न सकिने माग पुरा गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । ‘हामी आफैँ पनि बजार सुधारका लागि विभिन्न काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो । यस्तै उहाँले बजारको सन्तुलन र विकासका लागि राष्ट्र बैंक, बीमा समिति र अर्थमन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।