८ मंसिर, २०८१ शनिबार

05:35:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा हिमालयन बैंकको सेयर कारोबार खुल्यो, खुलेकै दिन नकारात्मक सर्किट

२३ जेठ, २०७९

कम्पनीको प्रति कित्ता सेयर मूल्य ९.९९ अंकले घटेर प्रति कित्ता मूल्य ३५८.९० कायम भएको छ।

नेप्सेमा हिमालयन बैंकको सेयर कारोबार खुल्यो, खुलेकै दिन नकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको सेयर कारोबार खुलेको छ ।  नेप्सेले आज जेठ २३ गतेदेखि लागु हुने गरी बैंकको सेयर खुल्ला गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच २०७८ बैशाख ३० गते  मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता भएपछि नेप्सेले बैंकको कारोबार रोक्का गरेको थियो।यी दुई बैंकबिच मर्जर सम्बन्धी सम्झौता टुटेपछि नेप्सेले हिमालयनका आधारभूत सेयरधनीहरु बाहेकका सेयरधनीहरुको सेयर कारोबार खुला गरेको हो ।

कारोबार खुल्नासाथ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको प्रति कित्ता सेयर मूल्य ९.९९ अंकले घटेर प्रति कित्ता मूल्य ३५८.९० कायम भएको छ। कम्पनीको प्रति कित्ता मूल्य ३९.८५ रुपैयाँले घटेको हो।