११ मंसिर, २०८१ मंगलबार
06:02:47 PM
२३ जेठ, २०७९
सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुंदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसक्नुभएको छ ।
काठमाडौं । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै पुँजीबजार सुधारलगायतका विभिन्न माग राख्दै सेयर लगानीकर्ताहरुले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा घेराउ गर्दै प्रदर्शन सुरु गरेका छन्।
गत शनिबार सेयर लगानीकर्ताहरुको भेलाले पुँजीबजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमूलक कार्यक्रमहरु घोषणा गरेको थियो। सोही पूर्वनिर्धारित कार्यक्रमअनुसार आज (सोमबार) बोर्डमा प्रदर्शन गर्न लगानीकर्ताहरु पुगेका हुन्।
सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको भन्दै १९ बुंदे मागसहित तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसक्नुभएको छ । सोही अनसनलाई सहयोग पुग्ने उद्देश्यले लगानीकर्ताहरुले सोमबारबाट शान्तिपूर्ण आन्दोलन तथा प्रदर्शन सुरु गरेका हुन्। ।
काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते शनिबार लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो । लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।