१२ बैशाख, २०८१ बुधबार

01:56:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुक्तिनाथ बैंक र पोखरा अन्नपूर्ण केवलकारबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२३ जेठ, २०७९

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केवलकारसँग केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने

मुक्तिनाथ बैंक र पोखरा अन्नपूर्ण केवलकारबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक र पोखरा अन्नपूर्ण केवलकारबीच छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केवलकारसँग केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको हो । 

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ , स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ । 

उक्त कार्यक्रममा बैंककातर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

सो सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखरा अन्नपूर्ण केवलकारमा केवलकारको सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटर्वकमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।