२४ बैशाख, २०८१ सोमबार

05:59:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंक र सिद्धार्थ ग्रुपबीच छुट सम्बन्धी सम्झौता

Nepal Business

२२ जेठ, २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटी प्रा.लि.बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने

सेञ्चुरी बैंक र सिद्धार्थ ग्रुपबीच छुट सम्बन्धी सम्झौता

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटी प्रा.लि.बीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ ग्रुपको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ ग्रुपका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठूले हस्ताक्षर गर्नुभयो ।

बैंक लिमिटेडका१४३शाखा,१० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।