८ मंसिर, २०८१ शनिबार

04:53:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भर्ने होइन त ? आदर्श लघुवित्तले असार १ गतेदेखि आईपीओ निष्काशन गर्ने

२३ जेठ, २०७९

लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

भर्ने होइन त ? आदर्श लघुवित्तले असार १ गतेदेखि  आईपीओ निष्काशन गर्ने

काठमाडौं ।  आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्त कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा असार ६ गते र ढीलोमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ। इक्रा नेपालले कम्पनीको आईपीओलाई  ‘केयर एनपी–आईआर बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।